नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका मुख्य याेजनाकार पक्राउ

काठमाडाैं। प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका मुख्य योजनाकार सन्देश शर्मालाई पक्राउ गरेकाे छ।

दाङ घर भएका एमाले निकट विद्यार्थी नेता शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।डिसी नेपालले उल्लेख गरेको छ।