


बैंक तथा वित्तीय संस्थाको घटेको ब्याजदर आज (वैशाख १ गते) देखि लागू भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको घटेको ब्याजदर आजदेखि लागू भएको हो ।

बैंकहरुले यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने गरेका थिए । वैशाखदेखि अधिकतम ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत दिने भएका छन् । चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ प्रतिशत र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका छन् । त्यस्तै बचतमा बैशाखबाट ५.४ प्रतिशत देखि ७.४ प्रतिशतसम्म ब्याजदर दिने छन् ।

अधिकांश विकास बैंकहरुले वैशाख महिनामा भने १०.६० प्रतिशत ब्याजदर दिएका छन् । चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए ।
यता, धेरै फाइनान्स कम्पनीहरुले भने वैशाखदेखि अधिकतममा ११.२५ प्रतिशतका दरले ब्याजदर दिने भएका छन् । यो दुई वर्ष वा सोभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर हो ।





