आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गरेर उपस्थित गराउन अदालतले आदेश दिएको छ ।

निगमका पूर्व निर्देशक खड्काको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीलाई पक्राउ  गर्न आदेश « Drishti News – Nepalese News Portal

विशेष अदालत प्रशासनका अनुसार न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको हाे ।

विशेषले पटक–पटक ताकेता गर्दा पनि अकूत सम्पति आर्जनका आरोपी खड्का उपस्थित नभएपछि सोमबार पक्राउ गरेर ल्याउन पुर्जी जारी गर्ने आदेश दिएको छ ।

२०७५ पुसमा १८ करोड अकुत आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन गरेको थियो ।