

काठमाडौै । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हाे ।

सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न सर्वोच्चले महानगरलाई आदेश दिएको हो ।महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि दुर्गन्ध फैलिएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिटमा दायर गरेका थिए ।इमेजले उल्लेख गरेको छ।

यस्तो छ अन्तरिम आदेश :








