

काठमाडौँ – खालिस्तान समर्थक अमृतपाल सिंह पक्राउ परेका छन् । सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ।

अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ। अमृतपाल ३६ दिनदेखि फरार थिए ।





