लुम्बिनी प्रदेश : मुख्य मन्त्री सहीत ३ जना बिनाबिभागिय मन्त्री नियुक्त, आजै लिए शपथ


लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।   बिहिवार मुख्यमन्त्रीमा नियुक्त चौधरीले शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण गरेका हुन् । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराए ।

नव नियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना मन्त्री समेत नियुक्त गरेका छन् ।

चौधरीले माओवादी केन्द्रका धन बहादुर मास्के, जसपाका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पाटीका धर्म बहादुर चौधरीलाई मन्त्रीको मन्त्री नियुक्त गरेका हन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुको बिभागिय जिम्मेवारी टुंगीएको छैन ।

अन्य समाचारहरु