नवनियुक्त मन्त्रीहरूले आज शपथ लिँदै

काठमाडौं– नवनियुक्त मन्त्रीहरुले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका धनराज गुरुङ, मोहन बहादुर बस्नेत र डिगबहादुर लिम्बुलाई बुधबार मन्त्री नियुक्त गरेका थिए।

1

कांग्रेस उपसभापति समेत रहेका गुरुङले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

1140x725

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम बिहीबार दिउँसो ३ बजेका तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।

1images