

काठमाडौं। नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा १० जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको उत्तर प्रदेशका स्थायी बासिन्दाहरू पक्राउ परेका हुन्।

उनीहरूले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए।उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ।

उनीहरूसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ।
उनीहरू मध्ये कतिपयले गत चुनावमा भोट समेत हालेका बताएका छन्। पक्राउ परेकाहरू नेपालमा नै विभिन्न व्यवसाय गर्नेहरू रहेको खुलेको छ।








