समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमहरुबाट अन्त्य गर्नुपर्छः मन्त्री शर्मा

1

काठमाडौँ – मन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता देखिएको बताएकी छन्।

आइतबार गोरखापत्र संस्थानको १२३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरुको भुमिका आवश्यक रहेको बताइन्।

‘अहिलेको हाम्रो समाज अलि बढी नकारात्मक सोचबाट गुज्रिरहेको छ। सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट जतिपनि कामहरु भएका छन्, नकारात्मक कामहरु, सकारात्मक कामहरुका विषयमा पनि गोरखापत्रले विशेष स्थान बनाउनुपर्छ।’ उनले भनिन्,’गोरखापत्रमा अहिले वर्तमान अवस्थामा सरकारले गरिरहेका जतिपनि

1

सकारात्मक कामहरु छन्, धेरै नै चर्चामा छन्। सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्याउनसक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्वपूर्ण भुमिका छ।’

images