भुटानी शरणार्थी प्रकरण – केपी ओलीमाथि पनि छानबिन हुनुपर्छ : मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताउनु भएकाे छ । संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै नेता चौधरीले तत्कालीन प्रधानमन्त्रीको हिसाबले ओलीमाथि पनि छानबिन हुनुपर्ने बताउनु भयाे ।

1

चौधरीले भन्नुभयाे, ‘तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको अवस्था छ। तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ। मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ। त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

REPUBLICADAINIK | Metmani-Chaudhary-Samsad-Da - REPUBLICADAINIK

उहाँले तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेत स्वीकार गरिसकेको भन्दै त्यतिबेलाको सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउनु भयाे ।

images