माओवादी सांसदको एमालेलाई आग्रह : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउनुस्

नक्कली शरणार्थी प्रकरणका आरोपी एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन सांसदले माग गरेका छन्।

सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित – Online  Khabar

आइतबारदेखि सुरु बजेट अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विषयान्तर नगर्न एमालेलाई आग्रह गरे। यसअघि एमाले प्रमुख सचेतक पदम गिरीले वाइडबडी, यती, ओम्नी, लडाकु शिविर, बाँसबारी र मातातीर्थ जग्गा घोटालालगायत सबै प्रकरणको छानबिन गर्न चुनौती दिएका थिए।

उनलाई विषयान्तर नगर्न भन्दै सापकोटाले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा एमाले इमानदार भए रायमाझीलाई कानुनको दायरामा बुझाउनुपर्ने बताएका हुन्। विषयान्तर गरी छापामार शैलीमा सदन कब्जा गर्ने शैलीले एमालेलाई नै नांगो बनाउने भन्दै उनले शैली बदल्नसमेत एमालेलाई सुझाव दिए।

1

‘प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार हो भने विषयान्तर नगर्नुहोस्। सम्माननीय प्रधानमन्त्रीले बोलेका कुरालाई खिसिट्युरी गरिराख्नुभएको छ। त्यसले तपाईंहरूलाई नै नांगो बनाइराखेको छ। इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस्। त्यसैमा तपाईंहरूको कल्याण छ,’ सांसद सापकोटाले भने।-

images