कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थी परीक्षामा सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । परीक्षा अहिले बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार चार लाख ६७ हजार विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने छन् । यो वर्षको १७ जना विदेशी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । विदेशी विद्यार्थीले अनिवार्य नेपालीको सट्टा अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षा विषय अंग्रेजी भाषामा दिन पाउनेछन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने पनि बोर्डले जनाएको छ ।

1

परीक्षाका लागि देशभर एक हजार ४ सय ५३ परीक्षा तोकिएका छन् । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने बोर्डले जनाएको छ ।

NEB postpones exams of grade 11 and 12 until further notice - myRepublica -  The New York Times Partner, Latest news of Nepal in English, Latest News  Articles

गत वर्ष दुई भन्दा बढी विषयमा अनुत्तीर्ण भएकाहरुलाई यस वर्षदेखि ग्रेड वृद्धि परीक्षामा सहभागी गराउन लागिएको हो । दुई विषयसम्म अनुत्तीर्ण हुनेहरुले भने सोही वर्ष मौका परीक्षा दिन पाउने ब्यवस्था छ ।

बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्ने भएका छन् । परीक्षा जेठ ५ गतेसम्म संचालन हुनेछ ।

परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

images