सामाजिक सुरक्षा भत्तामा कटौती हुँदैन : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिबद्धता गरेका कुराहरूबाट पछि नहट्ने बताए ।

सामाजिक सुरक्षा भत्तामा कटौती हुँदैन : अर्थमन्त्री महत

अर्थमन्त्री महततले भने, ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन।’

मन्त्री डा. महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए । उनले भने,  ‘सरकारको ध्यान अनावश्यक संरचना घटाउने, पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ’

1

अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उनले बताउँदै  अर्थमन्त्री डा. महतले  अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताए ।

images