देशको राजस्वले तलब भत्ता पनि धानेन : राष्ट्र बैंक

1

काठमाडौं – मुलुकको लागि संघीय प्रणाली कति आर्थिक बोझ बनिरहेको छ भन्ने ज्वलन्त उदाहरण सरकारी तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को नौ महिनामा सरकारको कुल साधारण खर्च (चालू खर्च) ७ खर्ब ६ करोड ७७ लाख रुपैयाँ भएको छ भने राजस्व संकलन जम्मा ६ खर्ब ८३ अर्ब ८१ लाख मात्र भएको छ ।

 

NRB to tighten monetary policy to secure foreign reserves

नेपाल राष्ट्र बैंकले आज बुधबार प्रकाशित गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा सरकारी कर्मचारीका तलब भत्ता, नेता, मन्त्रीका सुविधा आदि (सरकारी भाषामा चालू खर्च) यो नौ महिनाको अवधिमा २२ अर्ब ९६ करोड रुपैयाँले पुगेन ।

यो अवधिमा पुँजीगत खर्च जम्मा एक खर्ब ३ करोड ६९ लाख रुपैयाँ मात्र भएको छ । आन्तरिक तथा बाह्य ऋणको सावाँ ब्याजको भुक्तानीका लागि नौ महिनाको अवधिमा एक खर्ब २९ अर्ब ४ लाख रुपैयाँ खर्च भएको राष्ट्र बैंकको प्रतिवेदनमा छ ।

गत वर्षको सोही अवधिको तुलनामा राजस्व १३.४ प्रतिशतले न्यून संकलन भएको छ । गत वर्ष ७ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो ।

न्यून राजस्व संकलन, साधारण खर्च उच्च भएकै कारण सरकारको ढुकुटीमा चालू आर्थिक वर्षको नौ महिनामा जम्मा एक खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यस्तो नगद मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ थियो ।

1

राष्ट्र बैंकले गरेको समीक्षा अवधिमा सात प्रदेशहरुको कुल खर्च ९२ अर्ब १३ करोड रुपैयाँ रहेको देखियो । प्रदेश सरकारको स्रोत परिचालन तर्फ एक खर्ब ३० अर्ब ८१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश सरकारका आफ्नै राजस्व स्रोत भने जम्मा २९ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँटबाट हुने राजस्व समेत गरी एक खर्ब एक अर्ब ६४ करोड रुपैयाँ रहेको प्रतिवेदनमा छ ।
बैंकहरुको निक्षेप बढ्यो

1

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप सात प्रतिशतले वृद्धि भई ३ खर्ब ५५ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो वर्ष २ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ थियो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ ।
कर्जा प्रवाह हल्का वृद्धि

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले एक खर्ब ६१ अर्ब ९८ करोड रुपैयाँ निजी क्षेत्रलाई कर्जा प्रवाह गरेको प्रतिवेदनमा छ । अघिल्लो वर्ष यस्तो कर्जा ५ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँ थियो ।

यसरी प्रवाहित कर्जामध्ये १२.२ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) र ६७.५ प्रतिशत कर्जाको लागि घरजग्गा धितो सुरक्षण रहेको राष्ट्र बैंकले जनाएको छ ।

पेट्रोल घट्यो, सुन बढ्यो

चालू आवको चैत मसान्तसम्मा कच्चा पेट्रोलियम (क्रूड आयल ब्रेन्ट) ८६.५१ अमेरिकी डलर कायम रहेको राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा २०.३ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिमा कच्चा पेट्रोलियम प्रति ब्यारल १०८.४९ अमेरिकी डलर थियो ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा चालू आर्थिक वर्षको चैत मसान्तसम्मा सुनको मूल्य प्रति आउन्स ३.६ प्रतिशतले वृद्धि भई २०४८.४५ अमेरिकी डलर कायम भएको छ । गत वर्ष सुन प्रति आउन्स १९७६.७५ अमेरिकी डलर थियो ।

विदेशी विनिमय सञ्चिति पनि बढ्यो

यो वर्षको चैत मसान्तसम्मा विदेशी विनिमय सञ्चिति १४ अर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा १७.९ प्रतिशतले बढी हो । गत असार मसान्तमा अमेरिकी डलरमा सञ्चिति ९ अर्ब  ५४ करोड रुपैयाँ रहेकोमा चैत मासन्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स २४ प्रतिशतले वृद्धि

समीक्षा अवधिमा विपे्रषण आप्रवाह (रेमिट्यान्स) २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

व्यापार घाटा पनि घट्यो

चालू आर्थिक वर्षको चैत मसान्तसम्म वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटे १० खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ कायम भएको छ । यो अवधिमा कुल वस्तु आयातमा १८.१ प्रतिशतले कमी आई १२ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ कायम भएको थियो ।

समीक्षा अवधिमा नेपालबाट जम्मा १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । इकागजले उल्लेख गरेको छ।

images