बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ – दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीवार बेलुका घोराही –१४ आर्मी ब्यारेक नजिकै रा १ख १२०१ नम्वरको बसले रा ३ प ४२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा रोल्पा रुन्टीगढी गाउँपालिका ३ का २१ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले जानकारी  दिएको  छ।

Father, son from Hyderabad die in accident in Yadadri-Bhongir - Telangana  Today

दुर्घटनामा परी घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी  दिएको  छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।

1images

अन्य समाचारहरु