प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा नेपाल

1

-कपिल ज्ञवाली ।

रुपन्देही – नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित  हुनुभएको छ । बुटवलमा शुक्रबार सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, र सहकोषाध्यक्षमा भुवन जिसी चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यमा ललित पाण्डे, माधव पौडेल,सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पाण्डे, ललिता घिमिरे, तिर्सना पन्थी, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञानकुमारी विक निर्विरोध निर्वाचित भएका छन् ।

Nepal Telecocme1images

अन्य समाचारहरु