लडाकु शिविरको छानबिन गरौँ, दोषी देखिएमा म जेल जान तयार छु : प्रधानमन्त्री पुष्पकमल दाहाल

11

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न प्रतिबद्ध रहेको बताएका छन।

प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले शिविरमा घोटाला भयो भन्नु गलत आरोप भएको दाबी गर्दै यदि कसैले छानबिनको माग गरेमा छानबिन गर्न तयार रहेको बताए ।

Nepal Telecocme

उनले  देशको परिवर्तनको लागि लडेका लडाकुको खानपानको लागि राज्यबाट गएको रकममा कुनै घोटाला नभएको दाबी गर्दै छानबिनमा दोषी देखिएमा आफू जेल जान तयार रहेको पनि बताए ।

उनले लडाकु शिविरमा घोटाला भयो भन्नु राजनीतिक पूर्वाग्रह भएको पनि दाबी गरे ।

1