संसद्को संयुक्त बैठक बस्दै, नवनियुक्त मन्त्रीहरूको शपथ पनि आज

आज संघीय संसद्को संयुक्त बैठक बस्दैछ । संघीय संसद् भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेश गर्ने सम्भावित कार्यसूची छ ।

पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ ।

राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १० बजे हुनेछ ।

Nepal Telecocme