नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का गर्न पत्राचार

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का हुने भएको छ। प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेको छ।

1

उनीहरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति, सेयरहरु लगायत सम्पूर्ण सम्पत्ति रोक्का लागि भन्दै सम्बन्धित निकायमा समेत पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ। सम्बन्धित निकाय तथा कार्यालयहरुबाट पत्रको जवाफ भने आइनसकेको उल्लेख गरिएको छ। ३० जनालाई प्रतिवादी बनाउँदै बुधबार मुद्दा दर्ता गरिएको छ।

1

उनीहरुमध्ये १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जनालाई फरार प्रतिवादी बनाइएको छ।३० जनालाई ठगी, संगठित ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरको मुद्दामा प्रतिवादी बनाइएको छ।

Nepal Telecocme