आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुँदै : आज सार्वजनिक हुने बजेटको आकार घट्ने

आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

1

आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि कूल बजेट र राजस्व संकलन दुवैको अनुमानमा कटौती गर्ने भएकाे छ ।

1

चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्बको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्षका लागि त्यसमा करीब ५ प्रतिशत घटाई १७ खर्बदेखि १७ खर्ब २५ अर्बसम्मको बजेट ल्याइने तयारी गरिएकाे छ ।

Nepal Telecocme