जेठे (भुमे) पुर्णिमाको अवसरमा भूमिकास्थानको ढाकावाङ्गमा भुमे मेला सम्पन्न (तस्बिर सहित )

-टेकराज भुसाल
जेठ २१ अर्घाखाँची।   अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा रहेको भुमे मन्दिरमा जेठे पुर्णिामाका अवसरमा मेला सम्पन्न भएको छ। आइतबार जेठे अर्थात स्थानीय रुपमा प्रचलित रहेको भुमे पुर्णिामाकाे अवसरमा विभिन्न पूजाआजा तथा पञ्चे बाजा लगायतका कार्यक्रम गरि मनाइएको छ।
No description available.
1
लेकमा बसाेवास गर्ने मान्छेले  बेसीमा उत्पादन गर्ने अन्न  जंगली जनावरले नष्ट गर्दिने भएकोले खेती जाेगाउनका निम्ति भुमी देवताकाे मन्दिर बनाइयाे तर उक्त मन्दिरमा गरिबलाई प्रवेश गर्न नदिएपछि त्यहि ठाउँका स्थानीय एक गरिबले शिला ल्याएर वरिपरिबाट पातीले बारेर छत नबनाई मन्दिर निर्माण गरे त्यसपछि जंगली जनावरले धनीकाे मात्रै खेतीपाती नष्ट गर्न थालेपछि एकै
No description available.
ठाउमा उत्पादन भएको अन्न धनीकाे नष्ट गरिदिने तर गरिबको नष्ट नगरिदिने भनेर बुझ्दा धनीले बनाएको मन्दिर सबैतिर बाट बन्द रहेर खेतीपातीकाे रेखदेख गर्न नसकेको र गरिबको खुल्ला छत भएको मन्दिरले रेखदेख गरेको भन्ने धार्मिक महत्त्व रहेको छ।
No description available.
1
भूमिकास्थान नगरपालिकाकाे नामाकरण समेत यसै मन्दिरकाे नामबाट रहेको भन्दै पालिकाले भुमेकाथान स्थापना भएको दिनका रुपमा पालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई आइतबार सार्वजनिक बिदा दिइएको थियो।
No description available.
मेला अवलोकन गर्न भूमिकास्थान नगरपालिका मात्रै अर्घाखाँची जिल्लाका विभिन्न पालिका र छिमेकी जिल्ला प्युठानबाट सयौंकाे संख्यामा दर्शकको उपस्थिति रहेको थियो।
थप तस्बिर – टेक राज भुसाल
भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा रहेको भुमे मन्दिरमा जेठे पुर्णिामाका अवसरमा मेलाका केही द्र्श्य: 
No description available.
No description available.
No description available.

images