

तानसेन : पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते जना घाइते भएका छन्।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आज बेलुका ५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन । जिप अत्याधिक लोड भएकोले साघुरो बाटोमा लोड थाप्न नसकी ब्याक भई दुर्घटना भएको जिप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीको पारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घाइतेहरूलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाएको वडा अध्यक्ष रानाले जानकारी दिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरीहरु परिचालन भएका छन्।







