भुमिकास्थानको ठुलाखर्कमा मनकामना ३ को मुल बिउ उत्पादन गर्ने गरि मकै प्रवर्द्दन कार्यक्रम सुरु, कृषि बजारको जिम्मा लिने भुमिकास्थानको घोषणा (तस्बिर सहित)

– गोपाल प्रसाद भट्टराई 

अर्घाखाँची जेठ–२४,अर्घाखाँची कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बजारको जिम्मा लिनेभएको छ ।
May be an image of 8 people
भुमिकास्थान नगरप्रमुख झविलाल थापा,उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेल र कृषिशाखा प्रमुख राम बहादुर थापाले कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने प्रण गर्नुभएको हो ।
May be an image of 3 people and text
कृषि टेवा कृषक समुह भुमिकास्थान–२ ठुलाखर्कले आयोजना गरेको मकै प्रवद्र्धन कार्यक्रमको सार्वजनिक सुनुवाईलाई सम्बोधन गर्दै उहाँहरुले एकै स्वरमा बजार व्यवस्थापनको जिम्मा लिने प्रतिवद्धता गर्नुभएको हो ।
May be an image of 3 people
आफ्नो उपजको बजारीकरणमा स्थानिय सरकारले सहयोग गर्नेभएपछि भुमिकास्थानका किसानहरुपनि हर्षित भएका छन् ।
No photo description available.
1
कृषि,पर्यटन र उद्योगलाई मुख्य आर्थिक विकासको आधार मानेको भुमिकास्थानले पन्चबर्षिय आवधिक योजनामार्फत काम गर्न थालेको छ । सोही योजना र निति अनुसार बितरणमुखी अनुदानलाई निस्तेज गरि उत्पादनको बजारिकरण,प्राबिधिक तथा प्रविधिमा सहयोग गर्ने नगरपालिकाको निति रहेको उहाँहरुले बताउनुभएको छ ।
May be an image of 10 people, motorcycle and text
कृषिमा बाँदर,बँदेल तथा अन्य जंगली जनावरबाट जोगाउन सामुदायिक वन तथा खोरियामा समेत फलफुल तथा ति जनावरले खाने खेती गर्न र मुल खेतबारीमा व्यवसायिक खेती गर्न नगरपालिकाको सुझाव रहेको छ । कृषि टेवा कृषक समुह भुमिकास्थान–२ ठुलाखर्कले यसबर्ष ५ टन मनकामना ३ को मुल बिउ उत्पादन गर्ने भएको छ ।
May be an image of 9 people and text
1
नगरपालिकाको ४ लाख र कृषकहरुको ४ लाख ३८ हजार ७ सय रुपैयाँको लागतमा कृषि टेवा कृषक समुह भुमिकास्थान–२ ठुलाखर्कले २ सय ६० किलो स्रोत बिउ रोपेको उक्त समुहका सहजकर्ता कुलराज खनालले जानकारी दिनुभएको छ ।
May be an image of 4 people, temple and text
यो समुहले यस अगाडि पनि गहुँ र मकैको मुल विउ उत्पादन तथा निर्यात, गहुँ र धानको डेमो प्रदर्शन, व्यवसायिक हलेदो उत्पादन जस्ता कार्य गरिसकेको सहजकर्ता खनालको भनाई छ ।
May be an image of 2 people, motorcycle and text
समुहका अध्यक्ष पार्वता खनालको अध्यक्षता, कृष्ण भाटको स्वागत मन्तव्य र सचिव निर्मला खनालको संचालनमा सम्पन्न कार्यक्रममा उपस्थित अतिथिहरुलाई समुहमा आवद्ध सदस्यहरुले कृषिकै गित गाएर स्वागत गर्नुभएको थियो ।
May be an image of 5 people and text
भुमिकास्थान नगरपालिकाका योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, भुमिकास्थान–२ का वार्ड सचिव प्रकाश नेपाली, पत्रकार तथा अन्य सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा मकै प्रवद्र्धन कार्यक्रमको निम्ती खरिद गरिएका मिनिटेलर सहित अन्य कृषि औजार समेत किसानलाई हस्तान्तरण गरिएको छ ।

May be an image of 10 people, motorcycle and text

व्यवसायिक कृषिको विकासमा लागेको भुमिकास्थान नगरपालिकाले पछिल्लो समय पकेट तथा ब्लक विधिबाट कृषि कार्यक्रम संचालन गर्न थालेको छ ।

May be an image of 5 people and text

images