रेल मार्गको लागी सर्वदलीय निर्णय: तिलोत्तमामा ट्राम रेल मार्गको काम अघि बढाउन क्रियाशील ६ दलले सहमति जनाए

तिलोत्तमा चक्रपथमा चलाउने गरी अघि बढेको ट्राम रेलका लागि रेल मार्गको काम अघि बढाउनुपर्नेमा तिलोत्तमामा क्रियाशील ६ दलले सहमति जनाएका छन् । यसअघि केही स्थानीयले रेल मार्गको काममा अवरोध गरेका थिए । मंगलबार बसेको सर्वदलीय वैठकमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले तिलोत्तमा रेल परियोजना नगरपालिकाको गौरवको आयोजना भएकाले कुनै बहानामा अवरोध स्वीकार्य नहुने बताए ।

उनले तिलोत्तमा रेल मार्गको काम अब अघि बढ्ने र नगरपालिकाले पूर्ण साथ दिने बताए । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र जनता समाजवादी पार्टीका नेताहरु, वडा नं. १ का अध्यक्ष फर्सुराम गिरी, वडा नंं. २ का अध्यक्ष डिलबहादुर भट्टराई लगायतले रेल मार्गमा अवरोध गर्न नहुने बताए । यस्तै शंकरनगर साुमदायिक वन उपभोक्ता समूहले पनि ४३ फुट सडक कायम गर्न वनले स्वीकृति दिने प्रतिवद्धता जनाएको तिलोत्तमा पब्लिक रेल वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले बताए ।

Padua Train Stock Photos - Free & Royalty-Free Stock Photos from Dreamstime

‘नगरप्रमुख रामकृष्ण खांण, नगरभित्रका ६ वटा प्रमुख राजनीतिक दल, शंकरनगर सामुदायिक वन सहित सरोकारवाला सबैले रेल मार्ग अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाएपछि अब काम अघि बढ्छ’–शर्माले भने–‘यो रेल सञ्चालनमा आएपछि तिलोत्तमाको पहिचान थप उचो हुने र नगरवासीहरु सुपथ शुल्कमा यात्रा गर्न र सामान ढुवानी गर्न पाउनेछन् ।’

तत्कालीन मेयर वासुदेव घिमिरेको पालामा भएको लगानी सम्मेलनमा यो परियोजना छनोट भएको थियो । नगरपालिकाले पब्लिक कम्पनी मोडेलमा अघि बढाएपछि प्रदेश सरकारले समेत सहयोग गरेको थियो ।

1

कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा सञ्चालन गर्न प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानी जुटाइने छ । चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले विविध कारणले एक वर्ष ढिलाइ भएको बताए । स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उनले बताए ।

1

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उनले जानकारी दिए । रेल सेवामा दैनिक ३० हजार, मासिक ८ लाख र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानीलगायतको समेत सेवा दिन सकिने उनले बताए ।

यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब बचत हुने प्रबन्ध निर्देशक भोला शर्माले दाबी गरे । परियोजना सुरु भएपछि १०० जना कर्मचारीले रोजगार पाउनेछन् ।

प्रतिदिन एउटा डिब्बामा एक पटकमा २५ सय चढ्न सक्ने उनले बताए । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तर वृद्धि र विकास गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक भोला शर्माको भनाई छ ।

1

रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेका छन् । यो रेल्वे देशकै नमुना हुने विश्वास गरिएको छ । यो समाचार न्युज बुटवल टुडेले  उल्लेख गरेको छ।

images

अन्य समाचारहरु