घोराही सिमेन्टको लगानीकर्ता झुक्याउने खेलको पर्दाफास :आईपीओ निष्कासन बोर्डले रोक्यो नक्कली आवेदनमाथि छानबिन हुने

1

काठमाडौं । काण्डै काण्डमा फसेको घोराही सिमेन्टको आईपीओ निष्कासन स्थगित भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

1

जेठ ३२ गते घोराही सिमेन्ट इन्डस्ट्रिजले जारी गरेको आईपीओमा फर्जी आवेदन परेको देखिएपछि बोर्डले आईपीओ रोकेको हो । यसअघि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई सो बारेमा जानकारी गराएको थियो ।

नेपाल धितोपत्र बोर्ड : Securities board of Nepal - YouTube

त्यस्तै, आवेदन माग गरिएको भन्दा बढी आवेदन परेपछि पनि बिनाआधार आईपीओको म्याद थप गरेपछि आईपीओमा चलखेल भएको स्पष्ट भएको थियो । यसअघि बोर्डले केयर रेटिङ नेपाललाई तीन दिनभित्र स्पष्टीकरण दिन भनेकोमा अटेर गरेकाले पनि आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न बाटोलाई सहज भएको थियो ।

लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ र सार्वजनिक निष्काशनसम्बन्धी कैफियतको जाँचबुझ गरिने पनि बोर्डले जनाएको छ ।

1

बोर्डले कम्पनीको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३८ को उपनियम (२) विपरित भए नभएको भन्ने विषयमा केयर रेटिङ नेपाललाई तीन दिनको समय दिएर स्पष्टीकरण पेस गर्न जेठ ३० गते पत्राचार गरेको थियो। नेपाल समाचारपत्रले उल्लेख गरेको छ।