

दाङ — चट्याङ लागेर सोमबार दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ ।खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए ।

चट्याङ लागेर सख्त घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।





