मोदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट

नयाँदिल्ली- नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिइएको प्रोजेक्ट खोसेको छ ।

रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो ।

 

भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसबारेमा जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’

1

उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उनी माथी आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाइएका कारण चल्न पाएको थिएन ।

उनी अगाडी लेख्छन्, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान श्रीरामजीसँग माफी माग्नु होस् ।’-इकागज