भुमिकास्थान  : वार्ड कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

1

-दीपेन्द्र पौडेल , अर्घाखाची डट्कम।

भुमिकास्थान – भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ ले ८४ बर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जेष्ठ नागरिक वृद्धलाई काजु किसमिस पौस्टिक खानेकुरा वार्डअध्यक्ष राजकुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका सदस्य झुपलाल खनालले आफ्नो ब्यक्तिगत खर्चमा खाद्य सामाग्री बितरण गर्नु भएको थियो।

No description available.

साथै कार्यक्रममा वृद्धहरुद्वारा वार्ड कार्यालय परिसरमा  बृक्षरोपण  गरिएको थियो।

No description available.

भुमिकास्थान नगर प्रमुख झबिलाल थापाले ब्यानर पढेर वार्ड कार्यालयको उद्घाटन गरेको सो  कार्यक्रममा वार्ड अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, प्रमुख अथिती नगर

No description available.

प्रमुख झबिलाल थापा,  उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिक्र्त नारायण प्रसाद पोख्रेल,  जिल्ला समन्वय समितिका सदस्य झुपलाल खनाल  रहेको सो कार्यक्रम शेषकान्त गैरेको संचालनमा सम्पन्न भएको थियो ।

No description available.

यसैगरी सोही कार्यक्रमको बिचमा रहेर भुमिकास्थान नगरपालिका वार्ड न ८ को वार्ड  कार्यालय  समुदघाट्न सगै  जेष्ठ नागरिक सम्मान तथा बिरुवा रोप्ने कार्यलाई पनि एकसाथ सम्पन्न गरिएको थियो।

No description available.

नगर प्रमुख झबिलाल खनालले स्थानीय श्रोत साधनको प्रयोग गरि उत्पादन वृद्धि गर्न  मिलेर लाग्नुको बिकल्प नभएको बताए। बालबालिकालाई जंक फुडको प्रयोग कम गर्न, स्थानीय ताजा फलफूल रैथाने अन्न बालिलाई प्रोत्साहन गर्नुपर्नेमा प्रमुख थापाको बिशेष जोड रहेको थियो।

थप तस्बिर: 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

ad