दाहाललाई समबेदना दिन काङ्रेस सभापति देउवा सहित् दलका शिर्ष नेताहरु नर्भिकमा

1 काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।

यसैबीच आज निर्धारित कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि अन्योलमा परेको छ । बैठक स्थगित गर्नेबारे आफूहरू छलफलमा रहेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए

          फोटो स्रोत नेपाल प्रेस  ad