अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कारको ब्यबस्था गरेको छु , अर्थमन्त्री महत

adरुपन्देही
अर्थमन्त्री महतले अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था यसअघि बीचमा हटाइएको तर आफूले बजेटमार्फत त्यसलाई पुनः निरन्तरता दिएको बताएका छन । नेपाल प्रेस युनियनले रूपन्देहीमा सोमबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । ‘भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो,’ उनले भने।

1

उनले सुन प्रकरणमा जरैसम्म पुग्नेगरी अनुसन्धान जारी रहेको बताए। भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडानदेखि त्यहाँ रहेका मेसिन अपडेट र कर्मचारीहरूलाई चुस्त बनाइने काम भइरहेको उनले बताए।

‘कर्मचारीहरुमा उदासिनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भइ कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ,’ उनले भने।मन्त्री महतले मुलुकमा सुशासन कायम गर्न र अनियमितता, गैरकानुनी कार्य हुन नदिन सरकार कटिवद्ध रहेको बताए।उनले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएकै कारण विमानस्थलबाट १०० किलो सुन समातिएको पनि बताएका हुन ।ad

 

अन्य समाचारहरु