स्वरोजगार र उत्पादनको वृद्धि गर्न कर्मशिल जनशक्ति परिचालन गर्दैछौंः भुमिकास्थान

1

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।

अर्घाखाँची-अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले स्वरोजगार र उत्पादनको वृद्धि गर्न कर्मशिल जनशक्ति परिचालन गर्ने भएको छ । गाउँबाट सुख सुविधा खोज्दै शहरतर्फ बसाई सर्न थालेपछि बाँझो रहेका जमिनमा व्यवसायिक कृषि गरि उत्पादनमा वृद्धि, स्वरोजगारको सिर्जना गर्न र बसाईसराईलाई नियन्त्रण गर्न चालु आर्थिक बर्षदेखि भुमिकास्थानले कर्मशिल जनशक्ति परिचालन गर्ने भएको हो । गत आर्थिक बर्ष २०७९÷०८० मा सम्पादन भएका कार्यहरुको समिक्षा गर्न आयोजित कार्यक्रम मार्फत भुमिकास्थानले यस्तो घोषणा गरेको हो ।

भूमिकास्थान नगरपालिका | कृषि, पर्यटन, उद्योगको विकास र स्वरोजगारशिक्षा,  स्वास्थ्य, पर्यावरण समृद्ध भूमिकास्थानको आधारad

ग्रामिण क्षेत्रमा बढ्दो बसाईसराई नियन्त्रण गर्ने,बाँझो तथा खेतीयोग्य जमिनको उपयोग गर्ने र उत्पादन वृद्धि गरि भुमिकास्थानलाई निर्यातको अवस्थामा लैजाने, घरमै बसेर क्षमता र दक्षता अनुसारको काम गर्ने, भुमिकास्थानका कर्मशिल नागरिकलाई दक्षता तथा क्षमता अनुसारको काम र काम अनुसारको दाम दिने लक्ष्य राखेर यस्तो कार्यक्रम ल्याइएको भुमिकास्थानका नगर प्रमुख झविलाल थापाको भनाई छ ।

1

कृषिमा चक्लाबन्दी,पकेट र हब सिष्टम अनुसार व्यवसायिक खेती गर्ने, रैथाने बालीको संरक्षण गर्ने, जडिबुटीको प्रबद्र्धन गर्ने र सबै नागरिकलाई क्षमता अनुसार काम दिनेगरि यो कार्यक्रम ल्याइएको भुमिकास्थान नगरपालिकाका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले बताउनुभएको छ । उहाँका अनुसार यो कार्यक्रम सफल भएमा भुमिकास्थान कृषिमा आत्मनिर्भर भइ निर्यातको थालनी हुने र आर्थिक उपार्जनमा समेत वृद्धि हुने देखिएको छ । यस कार्यक्रमले शिक्षा,स्वास्थ्य र सचेतनाको स्तरवृद्धि गरि बढ्दो बसाईसराईलाई समेत नियन्त्रणमा राख्ने भुमिकास्थानले विस्वाँस लिएको छ ।

1

भुमिकास्थानको समग्र प्रगति बिबरण सुनाउँदै योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालले गत आर्थिक बर्ष २०७९÷०८० मा ९० दशमलब १४ प्रतिशत वित्तिय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हांसिल गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

योजनाशाखाको प्रतिवेदनका अनुसार खरको छानोमुक्त पालिका उन्मुख रहेको, यस बर्षको ९ किलोमिटर सहित हालसम्म ३५ किलोमिटर सडक कालोपत्रे भएको, १० वटै वडामा आफ्नै भवनबाट सेवा सुचारु भएको, १५ शैयाको अस्पताल संचालनको निम्ती भवन निर्माण सम्पन्न भएको, कृषि, पर्यटन, उद्योग र व्यपारलाई प्रमोट गर्ने गरि आवधिक योजना निर्माण गरेको, पर्यटन प्रबद्र्धनको निम्ती सेङलेङ्ग,पोखेडाँडा,दुर्वाङ्ग लगायतका पर्यटकिय स्थलको विकासको लागि डिपिआर तयार पारेको लगायतका कामलाई भुमिकास्थानले प्रगतिको रुपमा लिएको छ ।

नगर प्रमुख थापा सहित उप–प्रमुख बालकृष्ण बन्जाडे, कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत तुवलाल सापकोटा, १० वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सचिवहरु, भुमिकास्थानमा क्रियाशिल राजनितिक दलका नेताहरु, भुमिकास्थानका बिभिन्न बिषयगत शाखाका प्रमुखहरु,पत्रकार र अन्य सरोकारवालाको उपस्थितिमा सम्पन्न समिक्षा कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले भौतिक संरचना मात्रैले दिगो र पूर्ण विकास नहुने भन्दै सचेतना र व्यवहार परिर्वतनको लेभल उकास्ने गरि चौतर्फि विकासको काम गर्न सुझाव दिएका छन् । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नपनि सहभागिले जोडदार माग गरेको नगरपालिकाले जनाएको छ ।

ad