भैरहवा ; साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बरामद

1

भैरहवा — सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले भैरहवा नजिकैको ओमसतिया गाउँपालिका–४ बसन्तपुरको बाइपासस्थित एउटा घरको खुल्ला अवस्थामा रहेको सटरमा तीनवटा कार्टुनभित्र लुकाएर राखिएका मोबाइलका कभर बुधबार बरामद गरेको हो ।गुल्मका अनुसार, बरामद भएका सामग्रीमा ३ सय २५ थान आइफोनको कभर, आइफो  नको सुपरग्लास १ हजार थान र आइफोनकै स्मार्ट वाच कभर २७ थान छन् ।

ad

गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण शर्माका अनुसार पक्राउ गर्न गएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करले उक्त स्थानमा खुल्ला अवस्थामा रहेको एउटा सटरभित्र ती सामाग्री लुकाएर फरार भएको र बरामद भएका सामाग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताए । उनका अनुसार, बरामद गरिएको ती सामाग्रीको मूल्य ५ लाख ४२ हजार ५ सय रुपैयाँ छ ।

ad

अन्य समाचारहरु