-केशब भुसाल , काठमाण्डौ।
काठमाडौं :‘प्रशंसा म्युजिक अवार्ड तथा अनर्स २०८०’ मलेसियामा सम्पन्न भएको छ ।
प्रशंसा म्युजिक प्रा.लि. र प्रियसी म्युजिक प्रा.लि.को सहकार्यमा मलेसियन नागरिक, व्यवसायी तथा समाजसेवी महेश मुसको प्रमुख आथित्यता तथा प्रियसी म्युजिक प्रा.लि.का सिईओ राजेन्द्र पुरीको सभापतित्वमा ‘प्रसंसा म्युजिक अवार्ड तथा अनर्स २०८०’ आइतबार ग्राण्ड कन्टिनेन्टल होटेल मलेसियामा सम्पन्न भएको हो ।
नेपाली गीतसंगीत, कला तथा संस्कृतिलाई विश्व बजारसम्म पुर्याउनका निमित्त करिब २५ जना ख्याति प्राप्त नेपाली कलाकारहरुलाई थाइल्याण्ड, सिंगापुर तथा मलेसियाको सांगीतिक भ्रमणसहित अवार्ड कार्यक्रम मलेसियामा सम्पन्न गरिएको कार्यक्रम निर्देशक अमन श्रेष्ठले बताए । कार्यक्रममा गीत संगीतका विभिन्न विधाका स्रष्टा, सर्जक तथा कलाकारहरुलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा गायिका शान्ति कुमारी शाही ‘संगीत रजत सम्मान’, बालकृष्ण पोखरेल ‘नेशनल ईभेन्ट डिरेक्टर सम्मान’, केशव भुसाल ‘कला सम्मान’, समाजसेवी बसन्ती पोखरेल, भुपेन्द्र शाही, दिपेश श्रेष्ठ, मेनुका थापा, नकुल भट्ट, सपना गैरे पोखरेललाई समाजसेवी सममानद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा गीतसंगीतका विभिन्न १६ विधामा सर्वोत्कृष्ट स्रष्टा, सर्जक तथा कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो ।
जसमा दुर्गेश थापा ‘सर्वोत्कृष्ट लोकदोहोरी मोडल’, कालाकार कृष्ण जोशी ‘सर्वोत्कृष्ट अभिनेता’, एलिजिवा पुर्जा पुन ‘सर्वोत्कृष्ट मौलिक थालि नाच’, विक्रम गौतम ‘सर्वोत्कृष्ट श्रृगांरकर्ता’, बिनोद दनुवार ‘सर्वोत्कृष्ट पुर्वेली गायक’, दुर्गा भट्ट ‘सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला’, कृष्ण तामाङ नृत्यतर्फ

‘सर्वोत्कृष्ट मोडल’, मनोज बस्नेत ‘सर्वोत्कृष्ट निर्देशक’, नरेश बुढाथोकी ‘सर्वोत्कृष्ट आधुनिक गायक’, प्रकाश जि.सी. ‘सर्वोत्कृष्ट लोक आधुनिक गायक’, सन्तोष सुनार ‘सर्वोत्कृष्ट आधुनिक पप गायक’, सार्थक थापा ‘सर्वोत्कृष्ट प्रोजेक्ट हेड’, सुमन खतिवडा ‘सर्वोत्कृष्ट आधुनिक मोडल’, सुशान्त कार्की ‘सर्वोत्कृष्ट सहनिर्देशक’, युवराज मगरलाई ‘सर्वोत्कृष्ट लोकदोहोरी गायक अवार्ड’ प्रदान गरिएको थियो ।
थप तस्बिर :