यातायात व्यवस्था विभागले सवारीको भाडा ४.७० प्रतिशतले बढायो

1 काठमाडौँ — यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । नयाँ भाडादर बुधबारदेखि नै लागू हुनेछ ।

भाडादर हेर्न यो लिन्कमा जानुहोस्

ec2f5343-b777-4992-8172-01bff074ad56_1

ad सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडादर पनि समायोजन हुने गरेको छ ।

विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण गर्दै आएको छ ।विभागका अनुसार यात्रुवाहक सवारीका साधनको भाडादर ४.७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.१५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।

डिजेलको बजार मूल्य १४४ रुपैयाँ रहेकोमा हाल बढेर १६५ रुपैयाँ पुगेको छ ।

ad