पहिलाे पाईला नेपालले गर्याे लागूऔषध दुर्व्यसनी तथा डेङ्गु राेगसम्वन्धी सचेतना कार्यक्रम

1

-टेकराज भुसाल

बुटवल । पहिलाे पाईला नेपाल बुटवल शाखाको आयाेजनामा नवीन औधाेगिक कदरबहादुर रीता माध्यमिक बिद्यालयमा लागूऔषध दुर्व्यसनी, डेङ्गु तथा आँखापाक्ने राेग (Dengue & Viral conjunctivities) राेकथाम, सजगता तथा उपचार सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

No description available.

नवीन औधाेगिक कदरबहादुर रीता माध्यमिक बिद्यालयका विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन संकायका करिब ५०० विद्यार्थीलाई वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पाैडेल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डाक्टर शम्भु खनालले सचेतना मूलक प्रशिक्षण दिनुभएको हो।

No description available.

प्रशिक्षण दिदै वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पाैडेलले लागूऔषध दुर्व्यसनीमा युवा तथा विद्यार्थीहरु बढि मात्रामा फस्ने गरेको बताउदै लागूऔषध दुर्व्यसनीका असर, बच्ने उपाय र कानुनी कार्वाहीका बारेमा भिडियो मार्फत प्रशिक्षण दिनुभएको थियो।

No description available.

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डाक्टर शम्भु खनालले डेङ्गु तथा आँखा पाक्ने राेगकाे बारेमा बिस्तृतमा जानकारी गराउदै राेगबाट बच्न अपनाउनुपर्ने सचेतना, राेकथाम तथा उपचारका बिषयमा जानकारी गराउनुभएकाे थियाे ।

No description available.

प्रशिक्षक खनालले डेंगु तथा आँखा पाक्ने राेग भाइरल हुदै गएकाे र यसले ठुलाे रुप लिन सक्ने भन्दै सचेत तथा राेकथामका उपाय अबलम्वन गर्दा यसबाट बच्न सकिने बताउनुभएको थियो।

No description available.

विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत, पहिला पाइला नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष आयुष पाैडेल लगायतको उपस्थिति रहेको कार्यक्रम पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष बिनाेद बस्यालकाे अध्यक्षता, सह-सचिव मनिष खनालको संचालन र वरिष्ठ उपाध्यक्ष सन्ताेष बन्जाडेकाे स्वागतमा सम्पन्न भएको थियो।

No description available.No description available.

ad

अन्य समाचारहरु