नक्कली भुटानी शरणार्थी प्रकरण ; जोसुकै दोषी देखिए पनिअनुसन्धान हुन्छ -गृहमन्त्री श्रेष्ठ

फाइलफोटो 1

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा आएका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने बताएका हुन् ।’

ad

जनतासँग माओवादी रुपान्तरण अभियान’को तयारीका लागि भएको बैठकमा सहभागी हुन आएका गृहमन्त्री श्रेष्ठले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै अहिले चर्चामा आएका काण्डमा जोसुकै दोषी देखिए पनि कोही नछुट्ने बताए । ‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ,’ उनले भने, ‘त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन ।

‘गठबन्धन दलले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न निर्देशन दिएको हो ?’ भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री श्रेष्ठले कसैको पनि निर्देशन नभएको र प्रहरीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेको बताए । ललिता निवासमा किर्ते र संगठित अपराधको मात्र अनुसन्धान भएको उनले बताए । अरु व्यक्तिको अनुसन्धानमा सर्वोच्च र विशेष अदालतमा मुद्दा विचाराधीन भएको हुँदा अनुसन्धान गर्न नमिलेको उनको भनाइ छ ।

ad