भदौ २२ गते ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गर्ने

1

-टेकराज भुसाल

बुटवल ।  ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गर्ने भएको छ। आगामी भदौ २२ गते शुक्रबार समाजले बुटवल-१३ बेलवासमा रहेको अर्घाखाँची क्याट्रिङ्ग एण्ड पाटी प्यालेस प्रा.लीमा तीज मिलन कार्यक्रम गर्ने भएको हो।

ad

शनिवार बसेकाे समाजको बैठकले उपाध्यक्ष ज्ञानप्रसाद खनाल संयाेजक रहेको ७ सदस्यीय तीज मिलन कार्यक्रम उपसमिति बनाएको छ।

1

समाजले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गा.वि.स)बाट विभिन्न शिलशिलामा रुपन्देही जिल्लामा बसाेबास गर्ने र ढाकावाङ्गमा माइत र मावल भएर रुपन्देहीमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ र दिदिबहिनीहरुलाई उपस्थितिकाे लागि अनुरोध समेत गरेको छ।

ad