गुल्मी ; रुरु क्षेत्र गाऊपालिकाको वार्षीक समीक्षा तथा कार्य सम्पादन करार सम्झौता कार्यक्रम सम्पन्न

1 Surya Bhusal  – सुर्य भुसाल

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आ.व. ०७९/०८० को वार्षिक समीक्षा गोष्ठी तथा आ.व. ०८०/०८१ को कार्य सम्पादन करार सम्झौता हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँ कार्यपालिकाको कार्यालयबाट आ.व. ०७९/०८० मा सम्पादन गरेका विभिन्न कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा समीक्षा तथा अन्तरक्रिया गरिएको थियो ।

No description available. ad

कार्यक्रममा शिक्षा शाखा प्रमुख शाखा अधिकृत झविलाल वि.क., स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत छत्रबहादुर अधिकारी लगायत विभिन्न शाखा प्रमुखहरु तथा वडा सचिवहरुले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।सोही अवसरमा
आ.व. ०८०/०८१ को कार्य सम्पादन करार सम्झौता कार्यक्रम समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीसँग प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले विभिन्न ५१ वटा सूचकमा कार्य सम्पादन करार सम्झौता गर्नुभएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतसँग विभिन्न १२ वटा शाखाका शाखा प्रमुख र ६ वटा वडाका वडा सचिवहरुले कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्य सम्पादन करार सम्झौता विभिन्न सूचकमा १०० पूर्णाङ्कमा कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन गरी ३/३ महिनामा प्रगती प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाईएको छ ।
कार्य सम्पादन करार सम्झौता मार्फत सार्वजनिक प्रशासन र व्यवस्थापन प्रणालीलाई कार्य सम्पादनमुखी, परिणाममुखी, जनउत्तरदायी र व्यावसायिक मूल्य मान्यताका आधारमा अघि बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।       कार्यसम्पादन करार सम्झौताको सफलताका लागि स्पष्ट कार्य विवरण, आवश्यक अधिकार, भौतिक, वित्तीय र सूचना तथा ज्ञानसम्बन्धी स्रोत साधन र उपकरण सहित उचित व्यवस्थापकीय एवं प्रशासकीय स्वतन्त्रता र लचकताअपनाउने पनि गाऊपालिकाको लक्ष्य छ ।

No description available.

विभिन्न सूचकहरु र उचित दण्ड र पुरस्कारको व्यवस्था मिलाउँदै रुरुक्षेत्र गाउँपालिकाले कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणालीमा आवद्ध गरी कर्मचारीलाई उत्प्रेरित बनाउन पुरस्कार र दण्डको व्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउदै  राष्ट्रसेवक कर्मचारीहरूले जनतालाई केन्द्रमा राखेर बिना झन्झट जवाफदेहीता सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न र नागरिक मैत्री कार्यालय बनाउन सबै कर्मचारीहरूलाई प्रमुख प्रशासकीय अधिकृत पाण्डेले निर्देशन दिनु भयो ।

1
कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकामा संचालन हुने विभिन्न योजना तथा कार्यक्रमलाई कार्ययोजना सहित परिणाममूखी बनाउन र जनताले अनुभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो । वार्षिक समीक्षा गोष्ठीमा विगतका कमी कमजोरीहरुलाई सुधार गरी अझै परिस्कृत रुपमा कार्यक्रमहरु संचालन गर्न सबै कर्मचारीहरुलाई आग्रह गर्नु भयो । कार्य सम्पादन करार सम्झौताले कर्मचारीलाई अनुशासनमा बाँधी जवाफदेहीता सहित कार्य गर्ने वातावरण सृजना गर्ने र सोको प्रतिवेदन नियमित रुपमा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने व्यवस्था मिलाईएको अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो ।

ad
कार्यक्रममा उपाध्यक्ष मिना देवी गौतमले प्रभावकारी सेवा प्रवाहमा सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले रुरुक्षेत्र अत्यन्त संभावना भएको सबल र सक्षम गाउँपालिका भएको हुँदा यहाँको युवा नेतृत्व र कुशल प्रशासकीयक नेतृत्वले गुल्मी जिल्लाको अब्बल स्थानीय तह बन्नेमा आफू ढुक्क भएको बताउनु भयो । उहाँले कार्य सम्पादन सम्झौताले कर्मचारीहरुलाई काम गर्ने बाटो देखाईदिने र कर्मचारीमा जिम्मेवारीवोध समेत गराउने भएको हुँदा यो उत्कृष्ठ कार्यको लागि रुरुक्षेत्र गाउँपालिकालाई विशेष धन्यवाद दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डेले रुरुक्षेत्र गाउँपालिका पूर्वाधार विकासमा अग्रणी स्थानमा रहेको गाउँपालिका रहेको र यहाँको युवा अध्यक्ष यदु ज्ञवालीले समग्र गाउँपालिकाको वृहत्तर हितको लागि अहोरात्र खटी काम गरेकोमा प्रंशसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख रामप्रसाद ज्ञवालीले गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्वागत तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रमको प्रमुख अथितिमा लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डे , जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री रहनु भएको थियो भने कार्यक्रम गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो ।ad

अन्य समाचारहरु