रजनीकान्त बने सबैभन्दा धेरै पारिश्रमिक पाउने भारतीय अभिनेता, एउटै फिल्मबाट पाए २१० करोड भारु र बीएमडब्लु कार

1

काठमाडौं : ‘सुपरस्टार’ रजनीकान्त भारतमा सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेता बनेका छन् । आफू अभिनित चलचित्र ‘जेलर’ को सफलताबाट ७२ वर्षका रजनीकान्त सबैभन्दा धेरै कमाउने भारतीय अभिनेता बन्न सफल भएका हुन् । यता, जेलर सुपरहिट भएपछि निर्माताहरु पनि निकै खुसी बनेका छन् ।
ad
फिल्म जेलरबाट रजनीकान्तले आफ्नो पारिश्रमिक र फिल्मको नाफाको हिस्सा गरी कुल २ अर्ब १० करोड भारतीय रुपैयाँ (भारु) पाएका छन् । रजनीले फिल्मका लागि १ अर्ब १० करोड भारु पारिश्रमिक लिएका थिए भने फिल्मको सफलतापछि नाफाको हिस्सावापत थप १ अर्ब भारुको चेक पाएका हुन् ।
1
यतिमात्र नभई बक्स अफिसमा पाएको सफलताबाट प्रभावित बनेको निर्मात कम्पनी ‘सन ग्रुप’ र यसका अध्यक्ष कलानिधि मारनले रजनीलाई १.२५ करोड भारु पर्ने नयाँ बीएमडब्लु कारसमेत उपहारको रुपमा दिएका छन् । रजनीकान्तलाई करिब १.९५ करोड भारु पर्ने ‘बीएमडब्लु आइ सेभेन’ र १.२५ करोड पर्ने ‘बीएमडब्लु एक्स फाइभ’ बीच छनोट दिइएको थियो । जसमा रजनीले ‘बीएमडब्लु एक्स फाइभ’ रोजेका हुन् ।
यता, रजनीलाई बीएमडब्लु कार र १ अर्ब भारुको चेक हस्तान्तरण गर्दै सन ग्रुपका अध्यक्ष मारनले अर्को एउटा फिल्ममा काम गर्न पनि अनुरोध गरेको भारतीय सञ्चार माध्यम इकोनोसमक टाइम्सले उल्लेख गरेको छ । अगस्ट १० मा रिलिज भएको ‘जेलर’ले २२ दिनमै ६ अर्ब २५ करोडको व्यापार गरिसकेकोे छ । फिल्म ६ अर्ब ५० करोड रुपैयाँको कोसेढुंगा पार गर्नेतर्फ दौडिरहेको छ । २ अर्ब ४० करोड भारुमा बनेको यो फिल्मले रिलिज भएको पहिलो सातामै ४ अर्ब ५० करोड कमाएको थियो । – एन पि

ad