नुवाकोट भैरव समाज भुमिकास्थान ०८ नुवाकोटले यो बर्ष भैरव नाच देखाउने

1

-सागर मरासिनी।

सन्धिखर्क – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ०८ मा रहेको नुवाकोट भैरव समाज ले यो बर्ष भैरव नाच देखाउने भएको छ ।

ad

विषेश गरि नेवार समुदाय मा प्रचलित यो नाँच बिगत ५ बर्ष देखि बिबिध कारणबस देखाउन नसकिएको र यो बर्ष देखाउन लागिएको नुवाकोट भैरव समाजका रामचन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।

1

भैरव नाच भित्र भैरव नाच , टकुन्डोली (डण्डा) नाच , लाहुरे-लाहुरेनी लिला नाच , ढिस्पाकु (लाटो-लाटी) ,भुच्चा, घोडा नाँच , लाटो घोडा, चरो जस्ता खेला देखाइने उहाले बताउनु भएको छ ।

नेवार समुदायको कला संस्कृति संग जोडिएको भैरव नाँच नुवाकोट भैरव समाज भित्र बसोबास गर्ने सबै जाती का समुदाय ले यसको संरक्षण गरेका छन। कृष्ण जन्माष्टमी पछी निकालिने यो नाँच तिहार को औंसी भन्दा अगाडि नै सेलाउने परम्परा रहिआएको छ। भैरव नाँच निकाल्ने मिती भने केही दिन मा सार्वजनिक गरिने छ।

ad