भुमिकास्थानमा एक पुरुष मृत फेला

1

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थानमा एक पुरुष मृत फेला परेका छन्  । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ मा  शुक्रवार बिहान ७ बजेको समयमा एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ad

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर ८ खाल निवासी ४० बर्षिय लोकबहादुर खत्री भुमिकास्थान नगरपालिका वडा नम्बर ४ को घाट खोला पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।

1

मृतक खत्री सुस्त मनस्थितिका रोगि रहेको स्थानीयहरुको भनाई रहेको छ ।

ad