

डिआरजी सुमन
लुधियाना ,भारतको लुधियानामा प्रवासी नेपाली संघ भारत दक्षिण नगर समिति लुधियाना द्धारा हरितालिका तीज मिलन कार्यक्रम लुधियानामा सम्पन्न भएको छ ।


आईतवार लुधियानाको माडल टाउनको एक हलमा सम्पन्न तीज विशेष कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले का केन्द्रीय सदस्य तथा भारत प्रवास ईन्चार्ज हरी प्रसाद घिमिरे को प्रमुख आथित्यता,प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय समिति सदस्य हरि प्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम आकर्षक रुपमा सम्पन्न भएको हो ।


प्रवासी नेपाली संघ भारत का केन्द्रीय समिति सदस्य विकास रेष्मी, प्रवासी नेपाली संघ भारत केन्द्रीय समिति सदस्य लोकनाथ पाण्डे,पंजाब हिमाचल

चण्डीगढ़ संयुक्त राज्य समिति कोषाध्यक्ष चन्द्रमणी खनाल,प्रवासी नेपाली संघ भारत दक्षिण नगर समिति लुधियाना का अध्यक्ष हरिराम घिमिरे ,लक्ष्मण खनाल, हरी अधिकारी,चन्द मणि खनाल, लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली मौलिक पोशाक र वाद्यवादनको साथमा महिलाहरुले हरितालिका तीज लक्षित गितमा मौलिक नृत्य प्रस्तुत गरेका थिए ।
तस्वीर : डिआरजी सुमन,लुधियाना,भारत ।


















