

डिआरजी सुमन,
हिसार, हरियाणा । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारले हरितालिका तीज को अवसरमा १८ सेप्टेम्बर २०२३ सोमबारका दिन वृहद तिजी मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार द्वारा आयोजित कार्यक्रमको अध्यक्षता नगर समिति हिसारको महिला विभाग संयोजक सिता पोखरेलले गर्नु भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख अथित्यता रहेको हरितालिका तीज विशेष कार्यक्रमको संचालन कमला वगालेले गर्नु भएको थियो ।

भारतको हरियाणा प्रदेशको हिसारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय अध्यक्ष ठाकुर खनालले देशको अवस्थाबारे चर्चा गर्दै युवाहरू रोजगारको लागी विदेशका गल्लीहरुमा भौतारी अवस्थामा शासकहरु भ्रष्टाचारमा लिप्त भएको वताउनु भएको छ ।

देशका ठुला राजनीतिक लाई लक्षित गर्दै क्षणिक लाभको लागि राष्ट्रघाती सन्धिहरु अनुमोदन गरि देशलाई संकटमा पारेको आरोप लगाउदै साम्राज्यवादी अमेरिकाले MCC को फन्दा पारी चीनको विरुद्धमा नेपाल लाई खडा गरेको छ जसले गर्दा साम्राज्यवादीहरुको रणमैदान बन्दै गएर नेपाली जनता पिस्सीने खतरा उत्पन्न भएको वताउनु भएको छ ।

अहिले नेपालीहरुले दुई अलग अलग मोर्चामा संघर्ष गर्न परिरहेको वताउदै त्यो एउटा राष्ट्रियता रक्षाको लागि र अर्को गणतन्त्रको विरुद्धमा षड्यन्त्र गरेर पुनः निरंकुश व्यवस्था स्थापनाको लागि क्रियाशील प्रतिगामीहरु विरुद्ध संघर्ष गणतन्त्रको रक्षा गर्दै राष्ट्रियताको रक्षाको लागि राष्ट्रघाती MCC सम्झौता खारेजीको लागि संघर्ष गर्नु पर्ने वताउनु भएको छ ।

हरितालिका तीज विशेष कार्यक्रममा उपस्थित जनाईरहेका जनताको विचमा खनालले रास्वपा प्रति लक्षित गर्दै राष्ट्रीय सेना केवल सिमा क्षेत्रमा छिमेकी मुलुकसंग लड्नमात्रै हैन प्राकृति प्रकोप, दुर्घटना, आगलागी जस्ता घटनामा समेत भुमिका रहेको वताउदै साथै आन्तरिक सुरक्षाको विषय पनि गम्भीर भएको विषयलाई जोड़दिनु भएको छ । अहिले पुर्वी नेपालमा साम्प्रदायिक तनाव पैदा भएको पनि साम्राज्यवादीहरुको षड्यन्त्रको हिस्सा नै हो भन्दै आवश्यक परे शान्ति कायम गर्न सेना प्रयोग गर्नु पर्ने हुन्छ ।

राष्ट्रीय खर्च बचाउने हो भने नेपाल र नेपालीलाई घाँडो भैसकेको संघीयता खारेज गर्नु पर्छ भन्दै त्यसबाट बचत हुने रकम औद्योगिक क्षेत्रमा लगानी गरि स्वदेशमा रोजगारको व्यवस्था गर्न लगाउदा उपयुक्त हुने वताउनु भएको छ । राष्ट्रीय सेनामा कटौती गर्नु भनेको नेपाललाई अस्थिरतातीर धकेल्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने साम्राज्यवादी योजना भएको आरोप लागाउदै यस अवस्थामा जनताको दायित्व गणतन्त्र राष्ट्रियताको रक्षा गर्नको लागी संघर्षलाई अगाडि बढाउनु हो भन्नू भयो ।

हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, परिषद सदस्य केहर सिंह घर्ती मगर, क्षेत्रीय सदस्यहरु सुरेश क्षेत्री, लाल बहादुर चुदाली, बाबुरम पोख्रेल, ओम प्रकाश तिवारी, महिला क्षेत्रिय सदस्यहरु सेती राना, चन्द्रा सोमरे, नगर समिति का

नन्द बहादुर लमतरी,जनजाति विभागका मन बहादुर घर्ति मगर, रक्तिम बिभागका योगेन्द्र दर्लामी,समता बिभागका नारायण बिक, विद्यार्थी सङ्घका रक्षा सोमरे,लुम्बिनी हिमालय टुर एण्ड ट्रैवेल्सका पदाधिकारी,अर्घाखाँची डटकम अन्तर्राष्ट्रीय विभाग प्रमुख/स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतको उपस्थित रहेको कार्यक्रम अर्घाखाँची डटकम मार्फ़त प्रत्यक्ष प्रसारण भएको थियो ।

– तस्वीर : डिआरजी सुमन, हिसार,भारत ॥












