

-डिआरजी सुमन
चण्डीगढ़ भारत – नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र चण्डीगढ़ मिति २४.०९.२०२३ को दिन आयोजना, नेपाली राजनीतिक सिखर पुरूष जननिर्वाचीत प्रथम क्षेत्र तथा नेपाली कांग्रेसका संस्थापक नेता महामानव वि.पी. कोइराला ज्यू को ११० औं औंस जन्मजयन्ती समारोह लाई भब्यताका


साथ सफल निर्णय, व्यावस्थापन,प्रचार प्रसार/सांस्कृतिक कार्यक्रम सम्मिलित जनसहभागिताको साथमा भुमिका रहने सवैलाई सम्मान गरेको छ ।


नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर समिति भारत,चण्डीगढ़को आयोजनामा ११० औँ वि.पी. जयन्ती चण्डीगढमा भव्यताका साथ मनाईएको छ । नेपाली जनसम्पर्क समिति भारत का अध्यक्ष प्रमुख अतिथी वाल कृष्ण पाण्डे द्वारा कार्यक्रमलाई सम्बोधन गरेर ११० औँ विपी जयन्ती को अवसरमा जनसम्पर्क समिति आफ्नो लागी सवथोक भएको वताउनु भएको छ ।


भारतमा कार्यरत नेपालीहरुले आफ्नो सीप ,आफ्नो लगानी ,भारतमा भएको सबै खाले समन्धलाइ सदुपयोग गर्दै नेपालमा समृद्धि , रोजगारी बिकासमा योगदान दिन अनुरोध गर्नु हुदै नेपालमै शिक्षा ,स्वास्थ , रोजगार , उद्योग नभएकोले हामी नेपाल छोडी बिदेशीन परेकोले नेपालमा दक्ष युवा

नरहेको दिनहु जसो वाकसमा लास आउने कुराले आफू धेरै चिन्तित रहेको जनाउदै अब सबै प्रबासमा बस्ने नेपाली हरुले देशमै रोजगारी उधोग कारखाना समृद्धि नेपाल बनाउने हामी सबैको दाइत्व भएको भन्दै सबै मिलेर यो महान अभियानमा लाग्ने अनुरोध गर्नु भएको थियो ।


नेपाली जनसम्पर्क समिति भारत ले भारतका विभिन्न नगर र राज्यमा श्रृंखलावद्घ रुपमा विपी जयन्ती मनाएको छ । यसै क्रममा चण्डीगढमा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारत का केन्द्रीय अध्यक्ष वाल कृष्ण कृष्ण पाण्डेय सहितका केन्द्रीय,क्षेत्रिय तथा नगर समिति को प्रतिनिधित्व रहेको थियो ।

भारतको सौन्दर्यताले भरिपुर्ण स्मार्ट सिटी चण्डीगढ़ स्थित एक हलमा सम्पन्न कार्यक्रमको नेपाली जनसम्पर्क समिति भारत का केन्द्रीय अध्यक्ष वाल कृष्ण पाण्डेयले उद्घाटन गर्नु भएको थियो । विविध शाखाहरुको तर्फवाट आएको प्याली वास्तवमै रौनक़ देखिएको थियो । नेपाली पोशाकमा सजियका वाल हस्तिहरुको नृत्यले हल नै रमाईंलो वनाएको थियो ।

नेपाली जनसम्पर्क समिति भारतका विभिन्न नेताहरुको भाषण ले एकै संदेश प्रवाह गरि रहेको थियो कि संगठनात्मक विकास अनुशासन वाट नै संभव छ ।भारतको चण्डीगढमा सम्पन्न कार्यक्रमको खुम प्रसाद काफ्ले को अध्यक्षता ,केन्द्रीय अध्यक्ष वाल कृष्ण पाण्डे, प्रमुख अतिथि ,कमल सापकोटा,

जिवलाल भट्टराई, उमेश प्रसाद काफ्ले, गोबिन्द प्रसाद भट्टराई,धर्मागत काफ्ले,तारा प्रसाद वेल्वासे,तारापति न्यौपाने,कमल डाँगी,आनन्दकुमार

न्यौपाने,प्रेम वहादुर सन्तोषी, नामदेव भूसाल ,रोहवर डाँगी,भीमलाल भूसाल,नेपाली जनसम्पर्क समिति भारतका विभिन्न शाखाका अध्यक्ष,सचिव लगायतका पदाधिकारी सहित स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतको उपस्थिति रहेको थियो ।
तस्वीर : डिआरजी सुमन,चण्डीगढ़,भारत ॥











