लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिँदै, सोमबार केही ठाउँमा भने हल्का वर्षा हुने

Open photo

काठमाडौं जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम जारी छ। आइतबार साँझसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रुपमा मनसुन बाहिरिएको छ। लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिन थालेको छ। अबको केही दिनमै नेपालबाट मनसुन बाहिरिने विभागले जनाएको छ।

Weather - San Tan Valley News & Info - SanTanValley.com1

विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सोमबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

111