भोलिबाट नयाँ नोट सटही गर्न पाउने, कहाँ-कहाँबाट साट्न पाइन्छ ?

Open photo

काठमाडौं । असोज २९ अर्थात ( सोमबार ) बाट सर्वसाधारणहरुले दशैँका लागि नयाँ नोट सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलिबाट दिनदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।

1

दशैँको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्।

दशैँको लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। विगतका दशैँहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको छ। योसँगै वाणिज्य बैंकहरुले तोकेको नजिकको शाखा कार्यालयमार्फत पनि नयाँ नोट साट्न सकिनेछ।

यसैगरी काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखामार्फत नयाँ नोट साट्न सकिनेछ।

 

111Open photo