क्यान्सर पीडित नेपाललाई सुर्यज्याेतीको घातक राेग बिमाङ्क रकम भुक्तानी

Open photo

-टेकराज भुसाल 

बुटवल । सुर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुर्गिया शाखाले सैनामैना २ कि सुनिता नेपाललाई १ लाख ५० हजार रुपैया घातक राेग बिमाङ्क रकम भुक्तानी दिएको छ। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३५ घातक रोगविरुद्धको ५० लाख रुपैयाँसम्म उपचार सुविधा पाउने योजना सञ्चालन भए संगै यस कम्पनीसंग जोडिएका बिमितहरुले सुविधा लिन थालेका छन।

No description available.1

कार्तिक १ गते मुर्गिया शाखामा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको एजेन्सी शुभकामना आदानप्रदान कार्यक्रममा सैनामैना नगरपालिका -२ कि क्यान्सर पीडित सुनिता नेपाललाई बिमालेख अनुसारको CI अन्तरगत १ लाख ५० हजार रुपैया हस्तान्तरण गरियको छ ।

कार्यक्रममा बोल्दै बीमित नेपालले बीमितलाई सहज र सरल तरिकाले छोटो समयमा दाबी भुक्तानी दिएकोमा आफ्नो रोगको उपचारको लागि १ लाख ५० हजार रुपैयाँ रकमले धेरै सहयोग गरेको भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपममा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने बताइन् । बीमा पोलिसी खरिद गर्दा निज बीमित सुनिता नेपाल ले ९ महिना अगाडी प्राण घातक रोगहरु बिरुद्धको १लाख ५० हजार रुपैयाँ रकम बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् । बीमितले घातक रोग बिरुद्धको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेको छोटो समयमै उक्त दाबी रकम सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी गरेको साखा प्रमुख कृष्ण प्रसाद खनालले बताउनुभयो।

No description available.1

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु कम्पनीको मुख्य उद्देश्य रहेको समेत शाखा प्रमुख खनालले बताउनु भयो।

 

111Open photo

अन्य समाचारहरु