एनआरएनको अध्यक्षमा बद्री केसी निर्वाचित , प्रतिष्पर्धीले नतिजा नमान्ने

Open photo

काठमाडौं । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएको छ ।

निर्वाचन समितिले बद्रि केसी १३७८ मत ल्याएर बिजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको जनाएको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै नतिजा नमान्ने जनाएका छन् ।
1

प्रतिष्पर्धी श्रेष्ठले यो निर्वाचन रद्द गरेर गम्भिर छानविन हुनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठको माग छ ।

महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाण्डौबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् ।

अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडी बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्टाइएको उनको भनाई छ ।

1

उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफुलाई जिताइएको भएपनि यो जितलाई स्वीकार नगर्ने बताएका छने । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।

डा. बद्री केसी दुई बर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । संघको महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको भनिएको छ ।

संगठनको उपाध्यमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा.विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।

यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन्।

111Open photo