लोप हुँदै लिङ्गेपिङ (तस्बिर सहित)

Open photo

अर्घाखाची ।  दशैंमा खेलिने लिङ्गेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको छ ।

दशैंको पहिलो दिन घटस्थापना सुरु भएसँगै गाउँ-गाउँमा लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको हो ।

1

पहिलेको दशैं तिहार जस्ता चाडमा प्रत्येक गाउँका टोल टोलमा पिङ थापिन्थ्यो । दशैंको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो । तर, अहिले गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको अर्घाखाचीका स्थानीय बताउँछन् ।

No description available.

पुराना पुस्ताले थामेको पिङ र पौराणिक घरहरुको नयाँ पुस्ताले संरक्षण गर्न नसक्दा संस्कृति हराउँदै गएको  खाचीकोट र भुनपाका स्थानियले बताए।  जिल्लाभर थापिने पिङहरु पछिल्लो समय घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ ।

No description available.

विशेष गरी बाँस गाडेर र रूखमा डोरी बाँधेर टोल-टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् ।

111Open photo