बारामा प्रिन्सिपलको हत्या आरोपी तीन जना पक्राउ

Open photo

काठमाडौं । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको र अन्य दुई जनालाई पक्राउ गरेर ल्याउँदै गरिएको बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए।

1

‘मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिएको छ,’ काफ्लेले भने, ‘एक जनालाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याइसकिएको छ। अन्य दुई जनाालाई पक्राउ गरिसकिएको र जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको छ।’

दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो।

उपचारका क्रममा उनको वीरगन्जस्थित बयोधा अस्पतालमा निधन भएको थियो।

 

111Open photo